१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

धितोपत्र बोर्डले सार्वजनिक गर्‍याे जोखिमयुक्त ५१ कम्पनीको विवरण (सूचीसहित)

सेयर:

१ असार, काठमाडौं : ५१ वटा संस्थालाई जोखिमयुक्त कम्पनीमा राखेर नेपाल धितोपत्र बोर्डले विस्तृत अध्ययन प्रक्रिया अगाडि बढाएको छ।

धितोपत्र बोर्डले मंगलबार एक विज्ञप्ति जारी गर्दै विभिन्न सूचकका आधारमा जोखिमयुक्त देखिएको ५१ कम्पनीलाई छनोट गरी प्रारम्भिक अध्ययन गरिएको जनाएको छ।

हाल ती कम्पनीहरुको कारोबारमा भित्री कारोबार, सर्कुलर कारोबार, कर्नरिङलगायत धितोपत्रसम्बन्धी कसूरका सम्बन्धमा समेत विस्तृत अध्ययन कार्य अगाडि बढाइएको धितोपत्र बोर्डले जनाएको छ।

बोर्डले विगत एक वर्ष अवधिमा सूचीकृत संगठित संस्थाहरुको मूल्यवृद्धि तीन सय प्रतिशत र सोभन्दा बढी प्रतिशतले वृद्धि भएका, मूल्य आम्दानी अनुपात एक सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकनसमेतका आधारमा हाल जोखिमयुक्त देखिएका ५१ वटा कम्पनीहरु छनोट गरेको थियो।

बोर्डबाट गरिएको प्रारम्भिक अध्ययनबाट सम्बन्धित संगठित संस्थाका सम्बन्धमा लगानीकर्ताले समेत आवश्यक जानकारी प्राप्त गरी लगानीसम्बन्धी निर्णय गर्न उचित हुने देखिएकोले हाललाई त्यस्ता जोखिमयुक्त कम्पनीहरुको परिसूचक विवरण लगानीकर्ताहरुलाई जानकारी गराउनका लागि सार्वजनिक गरिएको विज्ञप्तिमा जनाइएको छ।

हेर्नुहोस् विज्ञप्ति

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।