मेचीनगर, ७ असार : पोखरीमा डुवेर हराएका झापा अर्जुनधारा—११ का ४० वर्षीय माइकल सोरेन सोमबार मृत अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार उनी पोखरीमा माछा मार्ने क्रममा डुबेर रहाएका थिए । अर्जुनधारा नगरपालिकाका प्रमुख हरि राना मगरको घरमा काम गरी स्ने बर्ष सोरेन नगरप्रमुख मगरको घर देखि २० मिटर पश्चिममा रहेको माछा पोखरीमा माछा मार्ने क्रममा पोखरीमा डुबि हराएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताउनुभयो ।

घटनाको सूचना प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायव उपरिक्षकको कमाण्डमा ६ जना, चारआलीस्थित नेपाली सेनाको ब्यारेकबाट क्याप्टेन प्रशान्त केसी को कमाण्डमा १८ जना, १ नम्बर प्रदेश बिपत ब्यवस्थापन कार्यलय चन्द्रगडी झापाबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ११ जना प्रहरी चौकी शनिश्चरेबाट प्रहरी नायव निरीक्षकको टोलीले स्थानीयको सहयोगमा खोजतलास गर्दा फेला नपरेपछि राति ११ बजेर ४५ मिनेटमा सबै टोली फिर्ता भएको थियो ।

सोमबार बिहान ६ बजेबाट इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा ९ जना, नेपाली सेनाको चारआली ब्यारेकबाट क्याप्टेन प्रशान्त केसीको कमाण्डमा १८ जना, १ नम्बर प्रदेश बिपत ब्यवस्थापन कार्यालय चन्द्रगडी झापाबाट प्रहरी सहायक निरीक्षक अर्जुन मगर को कमाण्डमा १८ जना , सशस्त्र प्रहरी बल सुरक्षा बेस शनिश्चरेबाट सशस्त्र प्रहरी नायव निरीक्षकको कामाण्डमा ७ जना र प्रहरी चौकी शनिश्चरेबाट प्रहरी नायव निरीक्षकको कमाण्डमा ५ जना टोली खटी घइ खोजतलास गर्ने क्रममा विहान १० बजेर ५ मिनेटको समयमा लाश फेला पारी पोखरी बाहिर निकालेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताउनुभयो ।

लासको सम्पुर्ण कानुनी प्रकृया पुरा गरी लाश पाष्टमार्टमका लागि ११ बजेर २५ मिनेटमा मेची प्रादेशिक अस्पताल भद्रपुर पठाईएको छ । घट्ना स्थल प्रहरी चौकी शनिश्चरेबाट अन्दाज ६ किमि पूर्व रहेको पर्ने प्रवक्ता प्रहरी नायव उपरीक्षक थापाले बताउनुभयो ।

