९ असार, मेचीनगर : पछिल्लो २४ घण्टामा ३ हजार ५५८ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ४६१ पीसीआर परीक्षणबाट १ हजार ५११ र ४ हजार ९५३ एन्टिजेन परीक्षणमा ९१० जना गरी २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै कोरोना संक्रमणबाट ८१ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म ६ लाख ५६ हजार ८९१ जना संक्रमित भएका छन भने ५ लाख ६८ हजार ४४० जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ८९४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

