१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सुनसरीमा  सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु

सेयर:

इटहरी । सुनसरीमा सवारी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको कोसी गाउँपालिका– ८ खण्डमा आइतबार बिहान ७ बजे हायस माइक्रो, माेटरसाइकल र पिकअप भ्यान दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा ३ ख ७२२४ नम्बरको हायस माइक्रोले सप्तरीबाट विराटनगर तर्फ आँउदै गरेको स ६ प ४६६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । माेटरसाइकलपछि पश्चिमबाट पूर्व तर्फ आँउदै गरेको को १ च ९३६८ नम्बरको पिकअप भ्यानलाई ठक्कर दिएको थियो ।

तिब्रगतिको हायसको ठक्करबाट मोटसाइकल चालक सप्तरी डाक्नेश्वरी नगरपालिका – ५ का २८ वर्षीय उदय साह, मोटसाइकलमा सवार विराटनगरका ४० वर्षीय रामप्रसाद साह र पिकअप चालक विराटनगर– ७ का करिब ३८ वर्षीय अक्षयकुमार गुप्ताको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते तीनै जनाको जिल्ला अस्पताल इनरुवामा उपचारका क्रममा मृत्यु भएको डिएसपी तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार हायस चालक नुवाकोट विदुर नगरपालिका– १३ का ३५ वर्षीय विवश तामाङ र सहचालक सोही नगरपालिका– ११ का २५ वर्षीय नारायण बस्याल पनि घाइते भएका छन् । पानी परिरहेकाे समयमा तिब्रगति कुदाएका कारण दुर्घटना भएको उनले बताए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।