मेचीनगर, १५ असार : अहिले साँझ ५ बजे भारीमात्रमा लागूऔषधसहित एक व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा दमक नगरपालिका—५ का निगम लिम्बु रहेको प्रहरीले बताएको छ । लिम्बु झापा दमक घर भएपनि शिवसतासी—९ मा बस्दैं आएको प्रहरीको भनाई छ ।

पूर्वबाट पश्चिमतर्फ जादैंगर्दा लिम्बु सवार मे ६ प ७५६९ नम्बरको स्कुटरलाई पूर्व—पश्चिम लोकमार्गको कनकाई नगरपालिका—८ स्थित लक्ष्मीपुरमा इलाका प्रहरी कार्यालय घैलाडुवाको प्रहरीले टोलीले चेकजाँच गर्ने क्रममा लिम्बुले बोकेको झोलाबाट २ सय ९७ एम्पुल विभिन्न खालका लागूऔषध फेला पारेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राकेश थापाले बताउनुभयो ।
उहाँका अनुसार लिम्बुका साथबाट फेनारगन ९९ डाइजिपाम ९९ एम्पुल र नाम खुल्न नसकेको रातो घेरा भएको सिसी ९९ वटा फेला परेको छ । रातो घेरा भएको सिसी ९९ वटाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीले लिम्बु सवार स्कुटी समेत नियन्त्रणमा लिइएको छ ।
लागूऔषध, लिम्बु सवार स्कुटरसहित आवश्यक अनुसनधानका लागि इलाका प्रहरी कार्यालय अनारमनी ल्याएको छ । प्रहरीले लिम्बुलाई नियन्त्रणमा लिईएको स्थान घैलाडुवाबाट ५ किमि उत्तरतर्फ रहेको प्रवक्ता प्रहरी नायव उपरिक्षक थापाले बताउनुभयो ।