Thursday, November 19, 2026 ☀️ ११°C काठमाडौं
🥇 सुन: रु. २,५७,६०० | 💵 डलर: रु. १३४.५०
English Edition
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

तेस्रो बडीबिल्डिङ प्रतियोगिता भदौ २७ र २८ गते बिर्तामोडमा हुने

सेयर:

भदौ २१, बिर्तामोड । तेस्रो संस्करणको मिस्टर कञ्चनजंघा खुला शरीरिक सुगठन (बडीबिल्डिङ) प्रतियोगिताको आयोजकले विजेताको ट्रफी सार्वजनिक गरेको छ ।

rn

आज बिर्तामोडमा पत्रकार सम्मेलन गरी विजेताको ट्रफी सार्वजनिकसँगै प्रतियोगिताबारे जानकारी दिइएको हो । यसैबीच, प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ ।

rn

पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष आदित्य पराजुली, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, उद्योग वाणिज्य महासंघ कोशीका निवर्तमान अध्यक्ष तथा सल्लाहकार टीकाराज ढकाल, पत्रकार महासंघ झापाका उपाध्यक्ष सुव्रत न्यौपाने, प्रतियोगिता संयोजक राम दाहाल, निर्मल खत्री, दिपेन चौधरी, सन्तोष उप्रेती, पदम श्रेष्ठ लगायतले ट्रफी सार्वजनिक गर्नुभएको थियो ।

rn

यस पटकको प्रतियोगिता भदौ २७ र २८ गते बिर्तामोडमा हुने भएको छ। पहिलो दिन प्रिजजिङ र दोस्रो दिन फाइनल प्रतिस्पर्धा हुने प्रतियोगिताका अध्यक्ष पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार पहिलो र दोस्रो संस्करण प्रदेशस्तरमा सीमित रहेपनि यो संस्करणबाट प्रतियोगिता राष्ट्रियस्तरमा स्तरोन्नति भएको छ । झापामा पहिलोपटक राष्ट्रियस्तरको बडीबिल्डिङ प्रतियोगिता हुन लागेको हो ।

rn

प्रतियोगितामा देशभरबाट करिब दुई सय जना खेलाडीहरूको सहभागिता रहनेछ । ५५ केजीदेखि ७५ केजीभन्दा माथिसम्मका विभिन्न तौल समूहमा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् । कार्यक्रम संयोजक तथा राष्ट्रिय च्याम्पियन राम दाहालका अनुसार कोशी प्रदेश बाहेक अन्य प्रदेशहरूबाट आउने खेलाडीहरूलाई यातायात र आवास खर्चसमेत उपलब्ध गराइनेछ ।

rn

प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरूको समेत सहभागिता हुने जानकारी दिँदै दाहालले यस प्रतियोगितालाई नेपालकै प्रतिष्ठित बडीबिल्डिङ प्रतिस्पर्धाका रूपमा स्थापित गर्ने उद्देश्य राखिएको बताउनुभयो ।

rn

विजेताले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, दोस्रो हुनेले तीन लाख, तेस्रोले दुई लाख, चौथोले एक लाख, पाँचौँले ७५ हजार र छैटौँ स्थान प्राप्त गर्नेले ५० हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन् । साथै, हरेक तौल समूहमा दोस्रो र तेस्रो स्थान प्राप्त गर्ने खेलाडीहरूले क्रमशः सात हजार र पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

rn

यसअघि प्रदेशस्तरीय प्रतियोगिता हुँदा पहिलो पुरस्कार रकम तीन लाख ११ हजार १११ रुपैयाँ थियो । प्रतियोगिता सम्पन्न गर्न करिब २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

rn

कार्यक्रममा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, उद्योग वाणिज्य महासंघ कोशीका निवर्तमान अध्यक्ष टीकाराज ढकाल र आयोजक समितिका निवर्तमान अध्यक्ष अर्जुन मैनालीले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

rn

पत्रकार सम्मेलनमा सहभागीहरुलाई आयोजक समिति सचिव सन्तोष उप्रेतीले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन पत्रकार रमेश तिवारीले गर्नुभएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

chas

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।