१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

चीनले नेपाली भूमि अतिक्रमण गरेको छैन : प्रवक्ता ज्ञवाली

सेयर:

काठमाडौं : सरकारका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि अतिक्रमण नगरेको बताएका छन्।

बुधबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन्। हुम्लाको लिमी उपत्यकामा चीनले नेपाली भूमि अतिक्रमण परेको खबर मिडियामा आएकोप्रति सरकारको ध्यानाकर्षण भएको भन्दै उनले त्यो सत्य नभएको बताएका हुन्।

‘यस्तै खबर २०७३ मा पनि आएको थियो। त्यसबेला सरकारले गृह र परराष्ट्र मन्त्रालय, नापी विभागलगायतको संलग्नतामा टोली बनाएको र त्यसले स्थलगत गरेको थियो’, मन्त्री ज्ञवालीले भने, ‘चीनले बनाएका भनेका घरहरु नेपाल–चीन सीमाबाट एक किलोमिटरभित्र चिनियाँ भूभागमै रहेछन्।’

प्रवक्ता ज्ञवालीले नेपाल चीनबीच सीमा समस्या नभएको प्रष्ट पारे। उनले कुनै समस्या भए बसेर छलफल गर्नुपर्ने बताए। उनले यस्तो विषयमा रिपोर्टिङ गर्नुअगाडि सम्बन्धित मन्त्रालयका सम्बन्धित विभागसँग आधिकारिक धारणा माग्नसमेत आग्रह गरेका छन्।

जुम्लाको नाम्खा गाउँपालिका लिमी लाप्चास्थित नेपाली भूभागमा भवन नबनाएको चीनले दाबी गरेको थियो। प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीसहितको टोली उक्त इलाकाको अनुगमन गर्दा चिनियाँ पक्षले यस्तो बताएको थियो । भवन बनाए नजिक पुगेको टोलीलाई चिनियाँ सैनिकले माइकिङ गर्दै ‘फर्किएर आफ्नै सीमामा जान’ अनुरोध गरेको थियो। चिनियाँ पक्षले सीमा नमिचेको माइकबाटै दाबीसमेत गरेको थियो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।