१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्रयोग भइसकेका ३ लाख २० हजार कन्डम जफत

सेयर:

भियतनामका प्रहरीले ३ लाख २० हजार भन्दा बढी प्रयोग भइसकेका कन्डोम जफत गरेको छ। स्थानीय मिडियलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार पुन: प्रयोगमा ल्याउने गरी उपभोक्ताकहाँ पुर्‍याउन लाग्दा कन्डम जफत गरिएको हो।

दर्जनौं ब्यागमा पुन प्रयोगका लागि लैजान लागेको अवस्थामा कन्डम फेला परेको टेलिभिजन फुटेजमा देखाइएको छ। करिब ३ सय ६० किलो कन्डम बिन्ह डुवोङ प्रान्तको एक वायरहाउसमा फेला परेको हो। वायरहाउसकी संचालिकालाई प्रहरीले गिरफ्तार गरेको छ।

जफत गरिएका कन्डम पटक पटक धोएर, आकार परिवर्तन गराउँदै रि-प्याकेजिङ गरिएको अवस्थामा भेटिएको हो। र, त्यसलाई पुन: बजारमा पठाउन लागिएको थियो।

भियतनामको सरकारी टेलिभिजनले जनाएअनुसार एक किलोग्राम कन्डमको १७ सेन्ट पाउने लोभमा ती महिलाले यसको कारोबार थालेकी थिइन्। यस्ता कन्डम बजारमा कति बिक्री भए भन्ने चाहिँ खुल्न सकेको छैन।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।