Thursday, November 19, 2026 ☀️ ११°C काठमाडौं
🥇 सुन: रु. २,५७,६०० | 💵 डलर: रु. १३४.५०
English Edition
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

फिलिपिन्स र ताइवानमा शक्तिशाली आँधी

सेयर:

अशोज ६, काठमाडौं । फिलिपिन्स र छिमेकी देश ताइवानमा शक्तिशाली सामुद्रिक आँधी रागासाले प्रभाव पारेको छ ।

rn

यस वर्षको सबैभन्दा शक्तिशाली आँधीका कारण जोखिम बढाएपछि दुवै देशमा विद्यालय र कार्यालयहरू बन्द गरिएका छन् । हजारौं मानिसलाई सुरक्षित ठाउँमा सारिएको स्थानीय उद्धारकर्ताहरूलाई उद्धृत गर्दै सामाचार संस्था एपीले जनाएको छ ।

rn

आँधीबेहरीले दक्षिणपूर्वी चीनमा समेत बाढी र पहिरोको उच्च सम्भावना बढाएको भन्दै चेतावनी जारी भएको छ । हङकङ र मकाउतर्फ आँधीको असर पर्ने भएकाले हङकङमा बाढी जोखिम भएका क्षेत्रमा सामान्यभन्दा दोब्बर बालुवाका बोरा उपलब्ध गराइएको छ ।

rn

सामुद्रिक आँधीले २ सय १५ किलोमिटर प्रतिघण्टाको गतिमा बहने हावासहित २ सय ६५ किलोमिटर प्रतिघण्टाको झड्का ल्याएको छ ।

rn

फिलिपिन्स मौसम एजेन्सीले तटीय क्षेत्रमा आउँदो २४ घण्टाभित्र ३ मिटरभन्दा अग्लो जीवनघातक समुद्री छाल आउन सक्ने चेतावनी दिएको छ । धेरै ठाउँमा विद्युत् सेवा पनि बन्द गरिएको छ । माछा मार्ने डुङ्गा तथा अन्तर–टापु यातायातलाई बन्दरगाह नछोड्न निर्देशन दिइएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

chas

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।