१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

‘टंक तिम्सिना बचाउ अभियान समिति’ले सहयोगका लागि गर्यो अपिल

सेयर:

८ साउन, मेचीनगर : दुबै मिर्गाैला खराब भई प्रत्यारोपणको पर्खाइमा रहेका मेचीनगर वडा नम्बर ९ का एक पुरुषको उपचारमा आर्थिक सहयोग गरिदिन परिवारले अपिल गरेको छ ।

मेचीनगर वडा नम्बर ९ फारम टोलका ४८ वर्षीय टंकनाथ तिम्सिनाको दुवै मिर्गौलाले काम गर्न छाडेपछि वैदेशिक रोजगारी छोडेर उपचारका लागि तिम्सिना केही समय अघि स्वदेश फर्किए । कमजोर आर्थिक अवस्थाका तिम्सिनाको परिवारले प्रारम्भिक अवस्थाको उपचार क्रममा आफूसँग भएको रकम खर्च गरि सकेको टंक तिम्सिना बचाउ अभियान समितिले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराएको छ ।

मेची उद्योग वाणिज्य संघको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा समितिले देश–विदेशमा रहेका सहयोगी सबैमा सहयोग गरिदिन आग्रह गरेको छ ।

१५ वर्ष खाडी मुलुकमा श्रम बेचेका तिम्सिनाले आफ्नो उपचारका लागि आवश्यक पर्ने रकम समेत आर्जन गर्न सकेनन् । तिम्सिनालाई बचाउन असार ३१ गते वडा नं ९ का अध्यक्ष गोपाल खड्काको अध्यक्षतामा बसेको बैठकले अभियान समिति बनाएर आर्थिक संकलन गर्ने निर्णय गरेको थियो ।

आर्थिक सहयोग जुटाउनका लागि मेची उद्योग वाणिज्य संघका कार्यकारी निर्देशक गोपाल बस्नेत संयोजक, कविन्द्र श्रेष्ठ सचिव र संगिता थापा कोषाध्यक्ष रहेको १५ सदस्यीय टंक तिम्सिना बचाउ अभियान समिति गठन गरिएको छ । साथै उनको उपचारमा सहयोग पु¥याउनका लागि गोपालचन्द्र बुढाथोकी, राम कार्की, विश्वप्रकाश शर्मा, प्रेम सम्बाहाम्फे, मणीकुमार उप्रेती तथा गोपाल खड्का सहितको सल्लाहकार समिति समेत गठन गरिएको छ ।

समितिले हालसम्म १ लाख ७१ हजार ५ सय रुपैयाँ संकलन गरेको छ । परिवारका अनुसार तिम्सिनाको उपचारका लागि करिब २५ लाख रुपैयाँ आवश्यक छ । उपचारमा सहयोग गरी तिम्सिनाको जीवन बचाउन तिम्सिना बचाउ अभियान समितिले सबैसँग आग्रह गरेको छ ।

आर्थिक सहयोगका लागि अभियानका संयोजक गोपाल बस्नेतको एनएमबी बैंकको खाता नम्बर १७५०१६१२१७५०००१५ वा सचिव कविन्द्र श्रेष्ठको इसेवा आइडी ९८४२६२९४८५ मा रकम जम्मा गर्न सकिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

तिम्सिनाको मृर्गौला ्रत्यारोपणका लागि उनकै श्रीमती टिका पाण्डे तिम्सिनाले मिर्गौला दिने प्रक्रिया सुरु भइ सकेको समितिले बताएको छ । यथाशीघ्र मिर्गौला प्रत्यारोपण गर्न चिकित्सकले सुझाव दिएको हुँदा सहयोग संकलन कार्यलाई सुरु गरिएको समिति संयोजक बस्नेतले जानकारी दिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।