११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

एमालेले गठन गर्यो ९ विभाग, स्कूल विभाग प्रमुखमा ओली

सेयर:

१८ साउन, काठमाडौं : नेकपा एमालेले ९ वटा विभाग गठन गरेको छ। दशौं महाधिवेशनको तयारीमा रहेको एमालेले सोमबार बसेको स्थायी कमिटी बैठकले ९ वटा विभाग गठन गरेको हो।

बैठकको निर्णयानुसार गठित विभागमध्ये स्कूल विभागको प्रमुखमा अध्यक्ष केपी शर्मा ओली नै रहने भएका छन्। स्कूल विभागमा ११ जना सदस्य चयन गरिएको छ।

यस्तै, उपमहासचिव विष्णु पौडेललाई संगठन विभागको प्रमुखको जिम्मेवारी दिइएको छ। संसदीय विभागको प्रमुख सुवासचन्द्र नेम्वाङलाई दिइएको छ । यी दुवै विभागमा १४ जना सदस्य चयन गरिएको जनाइएको छ।

आर्थिक विभाग प्रमुखको जिम्मेवारी विष्णु रिमाललाई दिइएको छ। आर्थिक विभागमा हाललाई २ सदस्य चयन गरिएको छ।

प्रचार विभागको प्रमुख प्रदीप ज्ञवाली, पर्यटन विभागको प्रमुखमा भानुभक्त ढकाल, विदेश विभागको प्रमुखमा राजन भट्टराई, निर्वाचन विभागको प्रमुखमा अग्नि खरेललाई दिइएको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।