१३ मंसिर २०८३ ☀️ २५°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बीपी प्रतिष्ठानमा कोरोनाबाट २८ वर्षीया महिलाको मृत्यु

सेयर:

सुनसरी — धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा शनिबार बिहान कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

मृतक सुनसरीको इनरुवा नगरपालिका–४ बस्ने २८ वर्षीया महिला भएको प्रतिष्ठानले जनाएको छ । योसहित प्रतिष्ठानमा उपचाररत अवस्थामा मृत्य भएका कोरोना संक्रमितको संख्या ४० पुगेको छ भने सुनसरीमा ११ जना पुगेको छ ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशिष श्रेष्ठका अनुसार उपचारको क्रममा कोरोना संक्रमित महिलाको मृत्यु भएको हो । असोज ८ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन उनलाई प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई कुनै दीर्घरोग नभएको पनि प्रतिष्ठानले जनाएको छ । मृतक महिलाको शवको व्यबस्थापन स्वास्थ्य प्रोटोकल अनुसार भइरहेको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।