४ हजार १०७ जनामा संक्रमण पुष्टि
२० साउन, मेचीनगर : पछिल्लो २४ घण्टामा १ हजार ५३५ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३५४ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ९७५ संक्रमण देखिएको छ भने ४ हजार ९४४ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार १३२ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १६ हजार २९८ जनाको कोरोना परीक्षण गर्दा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितकाे संख्या ३३ हजार ४६४ रहेकाे छ । त्यस्तै कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।
यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ५ हजार ७२ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ६४ हजार ८५० जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ६ लाख ६१ हजार ६५१ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ९५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

