१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

पारसको सम्मानमा अब नेपाली क्रिकेटरले ७७ नम्बरको जर्सी नलगाउने

सेयर:

२४ साउन, काठमाण्डौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काको सम्मानमा उनले लगाउने गरेको जर्सी नम्बर ७७ अब नेपाली क्रिकेटरले नलगाउने भएका छन्।

नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार पारसको सम्मानमा यस्तो निर्णय गरेको जानकारी दिएको हो।

यसअघि पारसले गत मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका थिए।

३३ वर्षीय पारसको कप्तानीमा नेपालले आइसिसी विश्व क्रिकेट लिग डिभिजन-५ देखि एकदिवसीय टिमसम्मको सफलता प्राप्त गर्‍यो। उनको नेतृत्वमा नेपालले सन् २०१४ मा टी-२० विश्वकप खेलेको थियो।

सन् २००२ मा युएईमा भएको यू-१५ एसिया कपबाट पारसले नेपाली टिममा आफ्नो करिअर सुरू गरेका थिए। उनले सन् २००३ मा यू-१९ एसिया कप खेल्दै नेपालको युवा टिममा डेब्यू गरेको थिए। सन् २०१४ मा यू-१९ विश्वकप खेलेका पारसले सोही वर्ष सिनियर टिममा पनि डेब्यू गरेका थिए।

पारसले २००४, २००६ र २००८ गरी लगातार तीन यू-१९ विश्वकप खेलेका थिए।

सन् २००४ मा इन्टरकन्टिनेन्टल खेलमार्फत् नेपालको राष्ट्रिय टोलीमा पारसले डेब्यू गरेका थिए।

पारसले सन् २००९ को एसीसी टी-२० कपका लागि राष्ट्रिय टिमको कप्तानको जिम्मेवारी पाएका थिए। उनले तत्कालिक कप्तान विनोद दासको स्थानमा कप्तानी गर्ने अवसर पाएका थिए।

१० वर्ष राष्ट्रिय टिमको कप्तानी गरेपछि उनले २०७६ असोजमा कप्तानीबाट राजीनामा दिएका थिए।

राष्ट्रिय टिमबाट खेल्दा दर्जनौं कीर्तिमान बनाएका पारसको नाममा नेपालका लागि सर्वाधिक अन्तर्राष्ट्रिय शतक हान्ने कीर्तिमान छ।

पारस खड्का किन लगाउँछन् ७७ नम्बरको जर्सी?

जर्सीमा अंकित नम्बर खेलाडीहरूको पहिचान हो। कतिपय खेलाडीका लागि जर्सीमा अंकित नम्बरको विशेष महत्व र अर्थ हुन्छ।

पारस खड्काले लगाउने जर्सीमा अंकित ७७ नम्बर धेरैलाई याद हुने गरेको छ। त्यसैले अलराउन्डर पारसको अर्को पहिचान ७७ नम्बर पनि हो।

पूर्वकप्तान पारसले ७७ नम्बर अंकित जर्सी लाउनुका पछाडि धेरै कारण छन्।

नेपाली क्यालेन्डर अनुसार पारसको जन्म महिना कात्तिक (सातौं) महिनामा पर्छ। पारस कात्तिकको ७ गते जन्मिएका हुन्। ३२ वर्षीय पारसले ७७ नम्बरको जर्सी लगाउनुको पहिलो कारण सातौं महिनाको सात गते जन्मदिन परेकाले हो।

त्यसो त पारस ७ नम्बरलाई आफ्नो ‘लक्की नम्बर’ पनि मान्छन्। किनकी उनी नेपाली राष्ट्रिय टिमका सातौं कप्तान हुन्।

उत्तम कर्माचार्य, लेखबहादुर क्षेत्री, पवन अग्रवाल, राजु खड्का, परेश लोहनी र विनोद दासपछि नेपालको सातौं कप्तानका रुपमा पारसले जिम्मेवारी पाएका थिए।

पारसले सन् २००९ को एसीसी टी–२० कपका लागि राष्ट्रिय टिमको कप्तानी सम्हालेका थिए। १० वर्ष राष्ट्रिय टिमको कप्तानी गरेपछि उनले गत वर्ष राजीनामा दिएका थिए।

‘नम्बरमा त्यति विश्वास त गर्दिन। तर, मेरो लागि ७ नम्बर लक्की छ,’ पारसको भनाइ छ।

पारसले पहिलो अन्तर्राष्ट्रिय शतक ७७ बलमा प्रहार गरेका थिए। उनले सन् २०१२ को एसिसी ट्रफीमा कुवेतविरुद्ध ७७ बलमा नटआउट १०६ रन प्रहार गरेका थिए। यो पारसको पहिलो अन्तर्राष्ट्रिय शतक हो।

त्यसयता पारसले नेपालका लागि पाँच शतक प्रहार गरिसकेका छन्। अलराउन्डर पारसको नाममा नेपालका लागि पहिलो एकदिवसीय र पहिलो टी-२० शतक हान्ने कीर्तिमान छ।

७ अंकको भाग्य पारसकी श्रीमती प्राप्ती राज्यलक्ष्मी राणासँग पनि जोडिएको छ। राणाको जन्मदिन पनि सात गते पर्नुलाई पनि पारस ‘लक’ मान्छन्।

साभार : सेतोपाटीबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।