१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

लुम्बिनीमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी गर्न आह्वान

सेयर:

२७ साउन, बुटवल : लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले बिहीबार दिउँसो ३ बजेसम्म मुख्यमन्त्रीको नेतृत्वका लागि दाबी गर्न समय दिएका छन् । मुख्यमन्त्रीबाट शंकर पोखरेलले राजीनामा दिएपछि नयाँ मुख्यमन्त्रीमा दाबी गर्नका लागि दलहरूलाई प्रदेश प्रमुख शेरचनले बुधबार आह्वान गरेका हुन् ।

प्रदेशको मुख्यमन्त्रीका लागि आह्वान गरिएको सम्बन्धमा प्रदेश प्रमुखको कार्यालयले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि मिति २०७८ साउन २८ गते बिहीबार अपराह्न ३ बजेभित्र दाबी पेस गर्न माननीय प्रदेश प्रमुखज्यूले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई आह्वान गर्नुभएको छ ।’

मुख्यमन्त्रीबाट पोखरेलले बुधबार राजीनामा दिएका थिए । उक्त राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख शेरचनले नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रियाअघि बढाएका हुन् ।

हेर्नुहोस् विज्ञप्ति :

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।