१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

मेचीनगरमा २४ हजार ३१ जनाले लगाए कोभिड १९ बिरुद्धको खोप

सेयर:

२९ साउन, मेचीनगरर : मेचीनगर नगरपालिकामा २४ हजार ३१ जनाले कोभिड १९ बिरुद्धको खोप लगाईसकेका छन् । ती मध्ये ९ हजार ५ सय ५४ जनाले खोपको दुवै मात्रा लिइएका छन् । भोरोसिल, कोभिसिल्ड र जोन्सन एण्ड जोन्सन कम्पनीको खोप लगाएका हुन् ।

नगरपालिकाको स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार सबैभन्दा बढी १० हजार ९ सय जनाले भोरोसिल खोप लगाएका छन् । तीमध्ये १ हजार ७ सय जनाले भेरोसिलको दुवै मात्रा लिईसकेका छन् । जोन्सन एण्ड जोन्सन कम्पनीको खोप नगरभरिका ७ हजार ४ सय ५० जनाले लगाएका छन् । कोभिसिल्ड र भेरोसिल खोप दुई मात्रा लगाउनु परे पनि जोन्सन एण्ड जोन्सन कम्पनीको खोप एकमात्रा लगाए हुने विज्ञहरुको भनाई छ ।

कोभिसिल्ड खोप नगरका ५ हजार ६ सय ८१ जनाले लगाएका छन् । यसको दुवै मात्रा लगाउनेको संख्या नगरमा ४ सय ४ जना रहेको स्वास्थ्य शाखा प्रमुख रामनारायण यादवले जानकारी दिनुभयो । नेपाल सरकारले कोभिड १९ बिरुद्धको खोप लगाउने अभियान शुरु गरेदेखि नै स्थानीय सरकार मेचीनगर नगरपालिकाले खोपलाई पहिलो प्राथमिकतामा राखेको थियो । नगरपालिकाले एकैदिन नगरभरिका उद्योगी व्यवसायी र साना सवारी चालकगरी ८ सय जना बढीलाई कोभिड १९ विरुद्घको खोप उपलब्ध गराएको शाखा प्रमुख यादवले बताउनुभयो ।

नगरका उद्योगी व्यवसायीहरुको छाता संस्था मेची उद्योग वाणिज्य संघ मेचीनगरको संयोजनमा मेचीनगर नगरपालिकाद्वारा आयोजित नगरभरिका उद्योगी व्यवसायी र सिटी सफारी तथा अटोका चालकहरुलाई समेत लक्षित गरेर कोभिड १९ विरुद्घको खोप लगाउने कार्यक्रममा ६ सय नगरभरिका उद्योगी व्यवसायी र २ सय १० सिटी सफारी तथा अटोका चालक गरी ८ सय १० जनाले अमेरिकन कम्पनीको जोन्सन एण्ड जोन्सन खोप लगाएका थिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।