५ भदौ, काठमाडौं : परराष्ट्र मन्त्रालयका अनुसार अफगानिस्तानबाट शनिबार टर्कसिस एरबाट २६ जना र जजिरा एयरबाट ९ जना गरी ३५ जनाको उद्धार भएको छ । हालसम्म अफगानिस्तानबाट ५०४ जना नेपालीको उद्धार भएको छ ।
कन्सुलर सेवा विभागको वेव पोर्टलमा शनिबार साँझ ५ बजेसम्म ३१७ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गरेका छन् ।
अफगानिस्तानमा विद्रोही समूह तालिवानले कब्जा जमाएपछि त्यहाँ कार्यरत नेपालीलाई उद्धार गर्न शुरु गरिएको छ । उद्धार गरिएकाहरुको कोरोना संक्रमण परीक्षण गरेर घर पठाउने गरिएको छ ।
