८ भाद्र, मेचीनगर : पछिल्लो २४ घण्टामा २ हजार ८६ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९०९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २० जनामा संक्रमण देखिएको छ भन ४ हजार ९०१ जनाको एन्टिजेन परीक्षण गर्दा ५०५ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १४ हजार ८१० जनाको कोरोना परीक्षण गर्दा २ हजार ५२५ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार २५० रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट ३५ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ५१ हजार १ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ८० हजार ९६७ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख २ हजार १८३ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५६८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
