१२ मंसिर २०८३ 🌫️ १७°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

पार्टी विभाजन पछि पनि नेकपा एमाले संसदमा सबैभन्दा ठूलो दल

सेयर:

माधव नेपालको पार्टी संसदको चौथो ठूलो दल

१० भाद्र, काठमाण्डौं : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले खोलेको खोलेको नेकपा (एकीकृत समाजावदी) पार्टीले निर्वाचन आयोगबाट मान्यता पाएसँगै यो दल संघीय संसदको चौथो ठूलो दल भएको छ।

केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एकमा २० प्रतिशत भए मात्रै पनि दल विभाजन गर्न मिल्ने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमार्फत् नयाँ दुई दल दर्ता भएका हुन्।

माधवकुमार नेपाल अध्यक्ष रहने गरी नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर अध्यक्ष रहने गरी दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टीलाई बुधबार निर्वाचन आयोगले दल दर्ता प्रमाण पत्र दिइसकेको छ।

यससँगै नेकपा एमालेबाट फुटेर बनेको नेकपा (एकीकृत समाजवादी) मा संघीय संसदमा २९ जनाभन्दा धेरै सांसद छन्। प्रतिनिधि सभाका २२ र राष्ट्रिय सभाका ७ जनाले बुधबार आयोगमै उपस्थित भएर सनाखत गरेका थिए।

तर यो संख्याभन्दा धेरै अध्यक्ष नेपालतर्फ लागेका छन्। पार्टीका वरिष्ठ नेता रहेका पूर्वप्रधानमन्त्री झलनाथ खनाल भारतमा उपचार गराइरहेका छन्। उनले दिल्ली दूतावासमार्फत् बुधबार सनाखत पठाएका थिए।

विभाजित भए पनि संसदमा ठूलो दल भने नेकपा एमाले नै भएको छ। एक सय २१ जना प्रतिनिधि सभा सदस्यमध्ये एमालेमा ९९ जना सांसद छन्। राष्ट्रिय सभातर्फ पनि एमालेतर्फ नै धेरै सांसद छन्।

संसदमा दोस्रो ठूलो दल नेपाली कांग्रेस हो। कांग्रेसमा दुई जना निलम्बितबाहेक ६१ जना सांसद छन्। तेस्रो ठूलो दल भने नेकपा माओवादी केन्द्र हो। माओवादीमा ४८ जना सांसद छन्।

चौथो ठूलो दल नेकपा (एकीकृत समाजवादी) मा २२ जना सांसद छन्। जनता समाजवादी पार्टी जसपा पाँचौं ठूलो दल बनेको छ। जसपामा ३४ जना प्रतिनिधि सभा सांसद थिए।

जसमध्ये १४ जना महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका लागि सनाखत गर्न बुधबार आयोग पुगेका थिए। अब उपेन्द्र यादव नेतृत्वको जसपामा १८ जना सांसद छन्।

अब संसदमा छैटौं ठूलो दल ठाकुर अध्यक्ष रहेको लोकतान्त्रिक समाजवादी दल हो। संघीय संसदमा राप्रपा, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीका पनि एकेक जना सांसद छन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।