१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन गर्न प्रहरी परिचालन गरिँदै

सेयर:

१५ भदौ, काठमाडौं : करिब एक महिनादेखि नउठेको काठमाडौं उपत्यकाको फोहोर बुधबारदेखि व्यवस्थापन गरिने भएको छ ।

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा मंगलबार महानगरपालिकामा सम्पन्न बैठकले फोहोर व्यवस्थापन थाल्ने निर्णय गरेको हो ।

बैठकमा मेयर शाक्यसहित काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली, सडक विभागका महानिर्देशकलगायत उपस्थित थिए । प्रजिअ पराजुलीका अनुसार चोक–चोकमा थुप्रिएको फोहोर बुधबार बिहान ६ बजेदेखि उठाउन थाल्ने निर्णय भएको हो ।

नुवाकोट सिसडोलसम्म फोहोर बोकेका गाडी पु¥याउन वर्षात्का कारण सडक बिग्रेको, स्थानीय बासिन्दाले अवरोध पुर्याएको लगायत कारणले करिब एक महिनादेखि फोहोर उठ्न सकेको थिए । फोहोर व्यवस्थापनका लागि प्रहरी परिचालन गर्ने निर्णय भएको प्रजिअ पराजुलीले जानकारी दिए ।

यस्तै, स्थानीय बासिन्दाका माग सम्बोधन गर्ने निर्णय पनि बैठकले गरेको छ । ‘त्यसका लागि पहिले त उहाँहरू माग पत्र लिएर आउनुपर्यो, त्यसपछि त्यसको सम्बोधन कसरी गर्ने भन्ने निर्णय लिनेछौँ,’ प्रजिअ पराजुलीले भने ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि सोमबार काठमाडौं महानगर प्रमुख शाक्य र उपप्रमुख हरिप्रभा खड्गीलाई बोलाएर तत्काल फोहोर व्यवस्थापन गर्न निर्देशन दिएका थिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।