१२ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

नारायणहिटी संग्राहलयमा एलिजाबेथले उपहार दिएको बग्गी सार्वजनिक

सेयर:

२१ भाद्र, काठमाडौँ : बेलायती महारानी एलिजाबेथ द्वितीयाले नेपालको पूर्वराजपरिवारलाई उपहार दिएको बग्गी सोमबार सार्वजनिक गरिएको छ । संस्कृति मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बग्गी प्रदर्शनीको उद्घाटन गरेका हुन् ।

राजाको राज्याभिषेकमा प्रयोग गरिएको उक्त बग्गी नारायणहिटी संग्रहालयमा राखिँदै आएको थियो । नेपालमा राजतन्त्रको अन्त्यसँगै संग्रहालयमा बदलिएको नारायणहिटी दरबारमा रहेका यस्ता समग्री चरणचरणमा सार्वजनिक गरिँदै आएका छन् ।

तत्कालीन राजपरिवारको आवास तथा कार्यालय रहेको दरबार क्षेत्र ७ सय ५४ रोपनी क्षेत्रफलमा फैलिएको छ । सोही परिसरमा नेपाली सेनाको पृतना, परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभाग पनि छ । परिसरकै महेन्द्र मन्जिलमा पूर्व मुमा बडामहारानी रत्न बस्दै आएकी छिन् ।

दरबारभित्र विभिन्न बैठक कोठा, पूर्वराजारानीका शयन कक्ष, राजकीय पाहुनाहरूले प्रयोग गर्ने कक्षसहितका ५२ वटा कोठा छन् । तीमध्ये ३२ वटा कक्ष प्रदर्शनीमा ल्याइएका छन् ।

इन्टरनेसनले काउन्सिल अफ म्युजियमका सिद्धान्तलाई उल्लंघन नगरी सामग्रीहरू प्रदर्शनीमा राखिने संग्रहालयले जनाएको छ । संग्रहालयका अनुसार क्रमश: पूर्वराजपरिवारले प्रयोग गरेका हेलिकोप्टर, हवाई जहाजदेखि अन्य सवारीसाधनसमेत राखिनेछन् ।

सरकारले दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समिति गठन गरेसँगै थप सामग्री प्रदर्शनीमा राख्न लागिएका हुन् । २०६५ फागुन १५ देखि नारायणहिटी दरबार संग्रहालयका रूपमा सर्वसाधारणका निम्ति पनि खुला गरिएको थियो ।

इकान्तिपुरबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।