१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) काँकरभिट्टामा विरुद्ध प्रदर्शन

सेयर:

प्रदर्शनकारीले प्रधानमन्त्री देउवाको पुत्ला जलाए

२८ भदौ, मेचीनगर : अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध पूर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीको जिल्ला झापामा विरोध प्रदर्शन भएको छ । प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला समेत जलाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर समितिलगायत उस्को भातृ संगठनहरु राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन, महिला संगठन र राष्ट्रियवादी समाज नेपाल केन्द्रिय कार्यालय झापाले एमसीसी सम्बन्धी सम्झौता अघि नबढाउन दबाब दिँदै झापाको मेचीनगरको मुख्यः व्यपारिक केन्द्र काँकरभिट्टामा प्रदर्शन गरेका हुन् । मेचीनगर-६ भट्टराई चोकबाट अपरान्ह ४ बजे राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, राष्ट्रघाती एमसीसी खारेज गर, राष्ट्रघाती एमसीसी नेपालको हितमा छैन, ‘एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन, राष्ट्रघाती एमसीसी खारेज गर’ जस्ता नाराहरू घन्काउँदै निस्केको र्यालीले काँकरभिट्टा बजारको मुख्यः मुख्य भागको परिक्रमा गरी बसपार्कमा आएर कोणसभामा परिणत भएको थियो ।

सार्वभौमसत्ता सम्पन्न जनप्रतिनिधिमूलक संस्थाबाट एमसीसी पारित गरिनु नेपाल र नेपालीका लागि घातक भएको भन्दै कोणसभाका वक्ताहरुले यसको विरोध गरेका थिए ।

कोणसभालाई राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर समिति अध्यक्ष सविना बजगाईँ विर्तामाड अध्यक्ष रञ्जु प्याकुरेल, गिरिराजमणि पौडेललगायतका वक्ताहरुले सम्बोधन गर्नुभएको थियो । नेपाल तथा सशस्त्र प्रहरीको बाक्लो उपस्थिती रहे पनि प्रदर्शनकारीले प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरेका थिए । सो क्रममा भागदौं समेत भएको थियो । पुत्ला जलाउने क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच ठेलाठेल भएको थियो । पुत्ला लिएर भाग्दैं गर्दा प्रदर्शनकारीलाई प्रहरीले लखेटीलखेटी पुत्ला नियन्त्रणमा लिन खोजेको थियो । पुत्ला निभाउन प्रहरीलाई हम्मे हम्मे परेको थियो । पार्टीका १ नम्बर क्षेत्र निर्वाचन प्रदेश नम्बर ख’ का अध्यक्ष दिपेश राईका अनुसार प्रधानमन्त्री देउवाको पुत्ला जलाउन सफल भएको बताउनुभयो ।

एमसीसीका बारेमा परस्पर विरोधी मत रहेका बेला आयोजनाका बारेमा जानकारी लिने उद्देश्यका साथ एमसीसी उपाध्यक्ष फातिमा सुमार र सहायक उपाध्यक्ष जोनाथन बु्रक्स सहितको टोली नेपाल आएको मौका पारेर नेपाल प्रवशेको पूर्वीनाकामा प्रदर्शन गरिउको अध्यक्ष बजगाईँले जानकारी दिनुभयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।