१२ मंसिर २०८३ 🌫️ १७°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

१० गतेदेखि दसैंका लागि अग्रिम टिकट बुकिङ खुल्ने

सेयर:

१ असाेज, काठमाडौं : दसैं मनाउन उपत्यका बाहिर जानेका लागि यही असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ।

यातायात व्यवस्था विभाग, व्यवसायी, ट्राफिक प्रहरी र प्रशासनबीच शुक्रबार भएको बैठकले टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो।

यसअघि यातायात व्यवस्था विभागले असोज दोस्रो सातादेखि बुकिङ खुल्ला गराउने प्रस्ताव गरे पनि भाडाको विषयलाई लिएर व्यवसायी सकारात्मक देखिएका थिएनन्।

‘प्रदेशभित्र चल्ने सवारीको भाडा बढाउन सरकारले ढिलाइ गरिरहेको छ। भाडा नबढेसम्म हामीले बुकिङ खुल्ला नगर्ने अडान लिएका थियौं। यात्रुहरूको सहजतालाई ध्यानमा राख्दै हामीले बुकिङ खुल्ला गर्ने निर्णय गरेका छौं,’ सार्वजनिक यातायात केन्द्रीय महासंघका महासचिव भरत नेपालले सेतोपाटीसँग भने।

प्रदेश सरकारले बढेको भाडा कार्यान्वयन गर्न ढिलाइ गरे पनि दसैंमा २८ प्रतिशत भाडा बढाएर लिन पाउनु पर्ने माग आफूहरूले राखेको उनले बताए।

त्यस्तै पुरानो बसपार्कबाट अरनिको राजमार्ग हुँदै चल्ने सवारीका लागि बसपार्क नहुँदा दसैंको समयमा निकै ठूलो समस्या पर्ने उनले गुनासो गरे।

‘पुरानो बसपार्कबाट छोटो तथा मध्यम दूरीका १० जिल्लाका लागि बस छुट्छन्। तर बसपार्कमा महानगरपालिकाले रोक्न दिएको छैन। कोटेश्वर सडकमा बस पार्किङ गर्दा सडक नै अस्तव्यस्त बन्ने गरेको छ,’ उनले भने।

अरनिको राजमार्गमा चल्ने सवारीका लागि ट्राफिक प्रहरी कार्यालय तिनकुनेदेखि बालकोटसम्मको करिडोरमा गाडी राख्ने व्यवस्था मिलाउनसमेत महासंघले आग्रह गरेको उनले बताए।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।