११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

पर्यटकका लागि अनअराइभल भिसा खुल्यो, क्वारेन्टाइन पनि बस्नु नपर्ने

सेयर:

७ असोज, काठमाडौँ: सरकारले विदेशी पर्यटकका लागि बिगत पाँच महिनादेखि बन्द रहेको अनअराइभल भिसा खुला गर्ने निर्णय गरेको छ ।

दोस्रो चरणको कोरोना भाइरसको महामारीसँगै बन्द भएको भिसा प्रकृया पुन खुला: गर्ने निर्णय भएको स्रोतले जानकारी दिएको छ। तर यसबारे औपचारिक निर्णय भने बुधबार साँझसम्म हुने स्रोतको भनाइ छ।

स्रोतका अनुसार दुवै खोप लगाएका विदेशी नागरिकलाई सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अनअराइभल भिसा दिने निर्णय गरेको हो। यस्तै, सरकारले विदेशी नागरिकहरुका लागि अनिवार्य गरेको १० दिने क्वारेन्टाइनको नियम पनि बन्द गर्ने निर्णय गरेको छ।

सरकारी निकट एक स्रोतका अनुसार यदि विदेशी पर्यटकहरुले खोप नलगाएको भए ७२ घण्टे पीसीआर रिपोर्ट नेगेटिभलाई आधार मानेर पनि अनअराइभल भिसा दिने प्रावधान बनेको छ।

पछिल्लो समय कोरोना संक्रमितको संख्या विस्तारै कम हुँदै गएपछि सरकारले पर्यटन व्यवसायीहरुलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।