१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बाइडेनले आयोजना गरेको कोभिडविरुद्धको भर्चुअल सम्मेलनलाई प्रधानमन्त्री देउवाको सम्बोधन (भिडिओ सहित)

सेयर:

८ असोज, काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी राष्ट्रपति जो बाइडेनले आयोजना गरेको भर्चुअल कोभिड-१९ सम्मेलनलाई गएराती सम्बोधन गरेका छन् ।

राष्ट्रसंघीय महासभाको छेकोमा बाइडेनले विश्व नेताहरुलाई आयोजना गरेको उक्त सम्मेलनमा नेपालले पनि भाग लिएको हो ।

सम्बोधनमा देउवाले नेपालले सन् २०२२ अप्रिलसम्म लक्षित समूह (८० प्रतिशत)लाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताए । खोपको न्यायपूर्ण वितरण हुनुपर्ने बताउँदै देउवाले कोभिड-१९ महामारी नियन्त्रणमा सबै एकजुट हुनुपर्ने बताए ।

नेपाललाई महामारीविरुद्ध अमेरिकाले उपलब्ध गराएको खोप र स्वास्थ्य सहायताप्रति पनि उनले धन्यवाद दिए । सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका विश्व नेताहरुले सम्बोधन गरेका थिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।