१३ मंसिर २०८३ ☀️ २४°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

अध्यादेश एमाले विभाजनकै लागि ल्याएको पुष्टि : अग्नि खरेल

सेयर:

अलोकतान्त्रिक शासनको भद्दा रुप

११ असोज, काठमाडौं : प्रमुख विपक्षी नेकपा एमालेले राजनीतिक दलसम्बन्धी अध्यादेश आफ्नो दल विभाजनकै लागि ल्याएको पुष्टि भएको बताएको छ ।

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएपछि माधवकुमार नेपालले एकीकृत समाजवादी दर्ता गरे । सोमबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरेकी छन् ।

यसले एमाले विभाजन गर्ने उद्देश्यले मात्र अध्यादेश ल्याएको प्रष्ट भएको एमाले नेता अग्नि खरेल बताउँछन् । एमाले निर्वाचन विभागका प्रमुख खरेलले भनेका छन्, ‘प्रतिस्थापन विधेयक संसदमा आउन नपाई अध्यादेश खारेज गरेबाट पनि मुख्य राजनीतिक दललाई विभाजित गर्ने कुत्सीत उद्देश्य मात्र प्रधानमन्त्री देउवाले राखेका ए भन्ने प्रष्ट हुन्छ ।’

अदालतमा विचाराधीन मुद्दालाई समते प्रभाव पार्ने गरी अध्यादेश खारेज गरिएको उनको दाबी छ । पूर्व कानुनमन्त्री समेत रहेका खरेलले भने, ‘यो कथित लोकतान्त्रिक गठबन्धनले चलाएको अलोकतान्त्रिक शासन प्रणालीको भद्दा रुप हो, सरकार सञ्चालनको तुच्छ शैली हो ।’

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।