१५ असोज, मेचीनगर : पछिल्लो २४ घण्टामा ९३८ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ६६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ११३ जनाको पीसीआर परीक्षण गर्दा ८९८ जनामा संक्रमण देखिएको छ भन ३ हजार २५५ जनाको एन्टिजेन परीक्षण गर्दा १६८ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १३ हजार ३६८ जनाको कोरोना परीक्षण गर्दा १ हजार १६६ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ६८ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ७ लाख ९५ हजार ९५९ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा ९१ हजार ७२१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ७ लाख ६६ हजार ६९६ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार १४८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
