१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

एमाले अध्यक्ष ओली इटहरी आउने, दुई वटा कार्यक्रममा सरिक हुने

सेयर:
१९ असोज, इटहरी : नेकपा एमालेको विधान महाधिवेशन सम्पन्न भएसँगै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको देश दौडाहा कार्यक्रम सेड्युल बनेको छ । यसैक्रममा अध्यक्ष ओली इटहरी आउँदैछन् ।
असोज २३ गते उनी दुई वटा कार्यक्रममा सहभागी हुनेछन् । उनको इटहरीका एमाले नेता ओम कोइरालालाई अभिनन्दन गर्ने कार्यक्रम छ । प्रजातान्त्रिक, लोकतान्त्रिक आन्दोलनका इमान्दार कम्युनिष्ट नेताको छवि बनाएका कोइरालालाई अभिनन्दन गर्ने कार्यक्रम रहेको अभिनन्दन समारोहका संयोजक लेखनाथ घिमिरेले जानकारी दिए ।
कोइरालाको घर अगाडि रहेको चउरमा कार्यक्रम आयोजना हुनेछ । मृगौलाको समस्यासँग जुधिरहेका कोइराला अहिले पनि अस्पतालमा उपचाररत छन् । उनका तीन वटा पुस्तक उक्त कार्यक्रममा विमोचन गरिने घिमिरेले बताए । त्यसपछि उनले एमाले सुनसरीका अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने कार्यक्रम छ । नेकपा एमाले इटहरी नगर कमिटी अध्यक्ष याम सुब्बाका अनुसार जनता उच्च माविको प्राङ्गणमा कार्यक्रम गरिनेछ ।
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।