१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

झापाको मेचीनगरमा मानवसेवा आश्रम निर्माण हुने

सेयर:

२० असोज, मेचीनगर : झापाको मेचीनगरमा मानवसेवा आश्रम निर्माण हुने भएको छ । शारिरीक तथा मानसिक रुपमा अस्वस्थ्य भई खुला आकासमूनि रात विताउन विवश घरबार विहिन, बेसहरा, परित्यक्त, असाहय, तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरुलाई लक्षित गरेर मेचीनगर—४ को बाहुनडाँगीमा तिहारपछि आश्रम निर्माण कार्य शुरु हुने छ ।

स्थानीय रामबहादुर प्रधान, श्रीमती लक्ष्मीमाया प्रधान र पूर्णमाया प्रधानले आश्रम निर्माणका लागि निःशुल्क करोडौँ रुपैयाँ मुल्य पर्ने दुई कठ्ठा ५ धुर जग्गा उपलब्ध गराएपछि मेचीनगर नगरपालिकाको पहलमा आश्रम निर्माण हुन लागेको हो ।

बुधबार मेचीनगर नगरपालिकाको सभाहलमा मानव सेवा आश्रमको सेवामा दाताहरुबाट अर्पण गरिएको जग्गाको जग्गाधनी प्रमाण पूर्जा हस्तान्तरण तथा झापा जिल्लामा मानवसेवा आश्रमको सेवा विस्तारका लागि आयोजित अन्तरक्रिया कार्यक्रममा यो जानकारी गराईएको हो ।

नगरप्रमुख विमल आचार्यको सभापतित्वमा भएको कार्यक्रममा दाता प्रधान परिवारले उपप्रमुख मीना पोखरेल उप्रेती, प्रमुख प्रशासकीय खेमराज ओझा मानवसेवा आश्रमका केन्द्रीय, प्रदेश नेतृत्व सहितको उपस्थितीमा जग्गाधनी प्रमाणपूर्जा हस्तान्तरण गरेको छ । नगरप्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती र प्रमुख प्रशासकीय खेमराज ओझाले जग्गाधनी प्रमाणपूर्जा ग्रहण गर्नुभएको थियो ।

कार्यक्रममा मानवसेवा आश्रमका संस्थापक राम जी अधिकारीले अबको चारवर्षभित्रमा शारिरीक तथा मानसिक रुपमा अस्वस्थ्य भई खुला आकासमूनि रात विताउन विवश घरबार विहिन,बेसहरा, परित्यक्त, असाहय,तथा जीवन नै जोखिममा रहेका सहयोगापेक्षी सडकआश्रित मानवहरु रहित राष्ट्र नेपाल निर्माण गर्ने प्रमुख उद्घेश्यका साथ मानवसेवा आश्रम अघि बढेको स्पष्ट पार्नुभयो ।

नगरप्रमुख आचार्यले यस महानकार्यमा स्थानीय सरकारको पूर्ण साथ सहयोग रहने प्रतिवद्घता व्यक्त गर्नुभयो । उहाँले सवैसँग समन्य सहकार्य गदैं आश्रम निर्माणमा अघि बढ्ने बताउनुभयो । यस अभियानले बेसहरा अभिभावक विहिन, सहयोगापेक्षी, सडकआश्रित मानवमुक्त, राष्ट्र नेपाल निर्माणमा सहयोग पुग्ने पनि अपेक्षा गर्नुभयो ।

आगामी दिनमा यसका लागि नगरपालिकाले नगरसभाबाटै वजेट विनियोजन गर्ने नगर उपप्रमुख मीना पोखरेल उप्रेतीले जानकारी दिनुभयो । आफ्नै नगरमा यस्तो कार्य हुन लागेको भन्दैं उहाँले सवैलाई धन्यवाद समेत दिनुभयो । यस कार्यमा साथ सहयोग गर्न सवैलाई आग्रह समेत नगर उपप्रमुख उप्रेतीले आग्रह गर्नुभयो ।

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय खेमराज ओझा, नगरपालिकाका ४ नम्बर वडाध्यक्ष नविन वराल, सामाजिक अगुवा नरेश महरा, पुनम दाहाल, राजन भेट्वाललगायतले बोल्नुभएको थियो । कार्यक्रममा जग्गादाताहरुलाई माल पहिर्याएर सम्मान पत्र प्रदान गदैं सम्मान गरिएको थियो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।