१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

खरिद गरेको सात महिनापछि आइपुग्यो १० लाख डोज कोभिसिल्ड खोप

सेयर:

२३ असोज, काठमाडौं : खरिद गरिए पनि आउन बाँकी १० लाख डोज कोभिसिल्ड खोप आइपुगेको छ। भारतको सेरम इन्स्टिच्युट अफ इन्डियासँग खरिद गरेको झण्डै साढे सात महिनापछि खोप आज आइपुगेको हो।

खोप दिउँसो साढे २ बजे काठमाडौं आइपुगेको हो।

नेपालले गत ५ फागुनमा सेरमसँग प्रतिडोज ४ डलरका दरले २० लाख डोज खोप खरिद गर्ने सम्झौता गरेको थियो। सम्झौताअनुसार १० लाख डोज त्यसै वेला आए पनि १० लाख डोज आउन बाँकी थियो। समयमै खोप नआउँदा झण्डै पहिलो डोज लगाएका ज्येष्ठ नागरिकसहित झण्डै १३ लाख व्यक्ति समयमै दोस्रो डोज लगाउनबाट वञ्चित भएका थिए।

यसअघि भारत सरकारले सेरमबाट उत्पादित १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएको थियो। त्यसलगत्तै भारतीय सेनाले नेपाली सेनालाई उपहार स्वरूप १ लाख डोज कोभिसिल्ड पठाएको थियो।

त्यसपछि कोभ्याक्स सुविधामार्फत आएको ३ लाख ४८ हजार र खरिद गरेको २० लाखमध्ये १० लाख गरी कुल २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप नेपाल आइसकेको छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।