१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

कर्णालीकाे सतह ५० प्रतिशत घट्यो, पहिराेले थुनिएकाे आशंका (फाेटाे फिचर सहित)

सेयर:

२६ असोज, काठमाडौँ : कर्णाली नदी सुकेको छ । आज बिहान एक्कासि कर्णाली नदी साविकको सतह भन्दा १० देखि १५ मिटर तल झरेको स्थानीयले वताएका छन । पलाँताका शिक्षक लंकवहादुर बमले कर्णाली नदीको १५ मिटर सतह कम भएको र खोलाको रुपमा परिणत भएको वताउनुभयो । उहाँले नदी एक्कासि सुकेपछि स्थानीय त्रसित भएका छन केही भने नदी किनारमा माछा छोप्न भीड लागेको वताउनुभयो ।
पलाँताका सव इन्जीनियर सुरेन्द्र खाँण ठकुरीले पनि नदी सुकेको र स्थानीय नदि किनारमा गएर माछा छोप्न थालेकाले जुनसुक्कै वेला अप्रिय घटना हुन सक्ने वताउनुभयो । उहाँले सुरक्षा निकाय सबैलाई खवर गरिदिन अनुरोध समेत गर्नुभएको छ । फोन राम्रो नचल्ने पलाँतामा नागरिक एका तर त्रसित छन भने अर्को तिर माछा मार्नमा ब्यस्त पनि छन । कर्णाली नदी कतै पहिरो आएर थुनिएको हो भने आफै पहिरो छिचलेर वगेमा धेरै मानवीय क्षति हुने छ ।
हुम्लाको हिल्सावाट वग्ने कर्णाली नदी नेपालको सबै भन्दा लामो नदी पनि हो । कर्णाली नदी एक्कासि कसरी सुक्यो नागरिकमा त्रास फैलिएको छ । यस बिषयमा सुरक्षा निकाय पनि वेखवर छ । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक महेश शाहीले कर्णाली नदी ५० प्रतिसत सुकेको वताउनुभयो । वाजुराको जुड्डीको भिर फुटेका कारण कर्णाली नदी रोकिएको प्रहरीले जनाएको छ ।

गोरखापत्र अनलाइनबाट प्रेमराज सिम्खडा समाचार
Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।