१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्रधानमन्त्री देउवासँग टीका ग्रहण

सेयर:

३९ असोज, काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्री तथा उच्च सरकारी अधिकारीले विजयादशमीको अवसरमा शुक्रबार टीका ग्रहण गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले टीका लगाएका हुन् । परिवारमा टीका ग्रहणपछि उनीहरू प्रधानमन्त्री निवास पुगेका थिए ।

यस्तै, प्रधानसेनापति प्रभुराम शर्मा, महान्यायाधिवक्ता खम्मबहादुर खाती र तीनवटै सुरक्षा निकायका प्रमुखले प्रधानमन्त्रीबाट टीका लगाए । कोभिड–१९ महामारीको जोखिमलाई मध्यनजर गरी स्वास्थ्य सावधानी अपनाउँदै प्रधानमन्त्री निवासमा सीमित व्यक्तिको उपस्थितिमा टीका लगाइएको हो । रासस

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।