१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

विश्व पोलियो दिवसमा झापाका रोटरी क्लवको सचेतना र्याली

सेयर:

७ कार्तिक, बिर्तामोड : विश्व पोलियो दिवसको अवसरमा झापाका रोटरी क्लवहरुको आयोजनामा बिर्तामोडमा सचेतना र्यालीसहित मास्क बितरण गरिएको छ ।

रोटरी क्लव अफ बिर्तामोड मिडटाउन, रोटरी क्लव अफ बिर्तामोड , रोटरी क्लव अफ सुरूङ्गा, रोटरी क्लव अफ भद्रपुर , रोटरी क्लव अफ दमक, रोटरी क्लव अफ काँकरभिट्टा र रोटरी क्लव अफ मेचीनगर साथै रोट्रयाक क्लव अफ बिर्तामोड मिडटाउन, इनरह्वील क्लव अफ बिर्तामोड मिडटाउन, रोट्रयाक्ट क्लव अफ बिर्तामोड, रोट्रयाक्ट क्लव अफ सुरूङ्गा, रोट्रयाक्ट क्लव अफ मेचीनगर, रोट्रयाक्ट क्लव अफ इँटाभट्टा म्यूनिसिपल, रोट्रयाक्ट क्लव अफ काँकरभिट्टा लगायतको संयुक्त आयोजनामा पोलियो सम्बन्धी सचेतना र्यालीसहित मास्क बितरण गरिएको हो ।

बिर्तामोड स्थित वनस्टप मलबाट शुरु भएको र्यालीले बिर्तामोड नगर परिक्रमा गरेको थियो ।
पोलियो उन्मूलन गरौं भन्ने नारा लेखिएको टिसर्टसहित र्यालीमा सहभागी रोटरियनहरुले बिर्तामोडमा मास्क समेत वितरण गरेको रोटरी क्लव अफ बिर्तामोड मिडटाउनका प्रेसिडेन्ट दिनेशकुमार पोखरेलले बताए । पोलियो लगभग अन्त्य हुने अवस्थामा पुगेको बताउँदै उनले अबको ३ वर्षमा नेपालबाट पोलियो उन्मुलन हुने दाबी गर्दै त्यो लक्ष्य पूरा गर्ने जिम्मा रोटरीहरुको भएको बताए ।

कार्यक्रममा सहभागी रोटरीयनहरुले पोलियो उन्मुलनका लागि रोटरीले महत्वपूर्ण भूमिका खेलिरहेको बताएका थिए ।
कार्यक्रम विश्व पोलियो दिवस र्याली ब्यबस्थापन समितिका संयोजक विनोद वस्नेतको संयोजकत्वमा भएको थियो ।
रोटरी इन्टरनेशनलको पहलमा २४ अक्टोबरका दिन पोलियो दिवस विश्वभर मनाउन सुरु गरिएको हो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।