चैत्र २६, काठमाडौं । सुरक्षण मुद्रण केन्द्रले गाडी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र पारेको जनाएको छ । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक देवराज ढुङ्गानाकाअनुसार अहिले दैनिक झन्डै ४० हजार हाराहारीमा ‘लाइसेन्स’ छपाइ भइरहेको छ ।
rn
अहिलेसम्म छपाइ हुन बाँकी रहेका झन्डै २९ लाख ‘लाइसेन्स’ लाई २०८३ साल असार मसान्तसम्म छापिसक्ने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । यसमध्ये आउँदो वैशाख १२ गतेभित्र १२ लाख ‘लाइसेन्स’ छपाइ सम्पन्न गर्ने लक्ष्य निर्धारण गरिएको छ ।