१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

जनकपुरमा हिन्दु र मुस्लिम समुदायबीच झडप, ३२ घण्टा निषेधाज्ञा

सेयर:

२७ कार्तिक, जनकपुरधाम : धनुषाको जनकपुरधाम उपमहानगरपालिका–२० स्थित देवपुरा रुपैठामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको छ । छठ पर्वकै दिनदेखि हिन्दु र मुसलमान समुदायबीच तनाव बढेपछि साम्प्रदायिक सद्भाव खल्बलिने गतिविधि बढेको भन्दै प्रशासनले आइतबार राति १० बजेसम्म (३२ घण्टा)निषेधाज्ञा जारी गरेको हो ।

छठ पर्वमा अर्घ्य दिनका लागि बनाउन लागेको घाटको विषयमा स्थानीय बीच भएको विवादले उग्ररूप लिएपछि निषेधाज्ञा लगाउनुपरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

घाट निर्माणमा अवरोध गरिएको विषयमा आक्रोशित समुदाय जनकपुरधामको नगर प्रदर्शन गर्दै रुपैठा पुगेपछि अवस्था तनावपूर्ण बनेको हो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले कयौँ राउण्ड अश्रुग्याँस प्रहार गरेको छ । झडपको क्रममा दुई प्रहरीसहित एक प्रदर्शनकारी घाइते भएका छन् । स्थानीय प्रशासनले जनकपुरधाम जटही सडक खण्ड पूर्णरुपमा बन्द गरेको छ ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालय धनुषाद्वारा जारी निषेधाज्ञा

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।