गायक तथा संगीतकार योगेन्द्र उपाध्याय निरौलाको स्वर तथा संगीतमा “यो तापमा आतिइरहेछ मन” बोलको सुमधुर गीत सार्वजनिक भएको छ । गीतकार थिरेन्द्र दाहालको शब्द रचना रहेको यो गीत गीतकारकै युटुब च्यानल “Lyricist Thirendra Dahal” मा सार्वजनिक गरिएको छ । गीतकार थिरेन्द्र दाहाल नेपाल सरकारका अधिकृत स्तरका निजामति कर्मचारी हुन् । पेशाले उनी इन्जिनियर हुन् ।
विश्व अधिकारीले संगीत संयोजन गरेको उक्त गीतलाई बिप्लव अधिकारीले रेकर्डिङ तथा मिक्सिङ गरेका हुन् । गीतको म्यूजिक भिडियोको निर्माण एवम् सम्पादन गायक योगेन्द्र उपाध्याय निरौला स्वयंले गरेका हुन् ।
त्रिभूवन विश्वविद्यालयबाट संगीतमा स्नातकोत्तर गरेका गायक निरौलाले यस अघि रेडियो नेपालद्वारा आयोजित राष्ट्रव्यापी आधुनिक गीत प्रतियोगितामा गायन तथा संगीतमा थुप्रैपटक उपाधीहरु हाँसिल गरिसकेका छन् भने १७ औं इमेज अवार्डमा सर्वोत्कृष्ट नवगायकको अवार्ड समेत लिइसकेका छन्।
झापा मेचीनगर–६ का स्थायी बासिन्दा निरौलाका थुप्रै गीतहरु सार्वजनिक भइसकेका छन् । उनका प्राय गीतहरु आफ्नै युट्युब च्यानल “Yogendra Upadhay Official” मा हेर्न र सुन्न सकिन्छ ।
हेर्नुहोस् गीतको पूरा भिडियो:
