१२ मंसिर २०८३ 🌫️ १७°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

बोर्डले खुलायाे कक्षा ११ का विद्यार्थीकाे रजिस्ट्रेसन आवेदन फाराम

सेयर:

८ मंसिर, काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८/०७९ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि रजिष्ट्रेसन आवेदन फाराम खुलाएको छ।

परीक्षा नियन्त्रकद्वारा जारी सूचनामा आगामी पुस २१ गतेसम्म आवेदन फारामबापतको रकम बुझाइ सक्नुपर्ने उल्लेख छ।

बोर्डले ४ सय फाराम शुल्क तोकेको छ। दोब्बर शुल्क तिरेर पुस मसान्तसम्म फराम बुझाउन सक्ने जनाइएको छ।

बोर्डको सम्बन्धित कार्यालयमा विद्यालयले माघ ७ भित्र बैंक भौचर र रजिष्ट्रेसन बुझाइ सक्नुपर्ने सूचनामा उल्लेख छ।

कक्षा ११ को नयाँ पाठ्यक्रमअनुसारको विषय समूह, विषय कोडअनुरुप एक समूहबाट एक विषय मात्र अध्ययन गर्ने गरी फाराम भर्ने व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।

फारामका साथ प्रधानाध्यापकबाट प्रमाणित एसईईको ग्रेटसिटको प्रतिलिपि पनि साथै समावेश गर्नुपर्ने सूचनामा उल्लेख छ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।