१२ मंसिर २०८३ 🌫️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

अध्यक्ष पदका लागि भोट माग्दै भीम रावल

सेयर:

११ मंसिर, चितवन : नेकपा एमालेको जारी १०औं महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेका उपाध्यक्ष भीम रावलले मत माग्न थालेका छन् । शनिबार बन्द सत्र सुरु हुँदै गर्दा नेता रावलले आफूलाई मतदान गरी जिताउन प्रतिनिधिहरू समक्ष आग्रह गरेका छन् ।

यद्यपि अध्यक्ष केपी ओलीसहित नेताहरूले महाधिवेशनमा सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि पहल गरिरहेका छन् । सौराहास्थित बन्द सत्र भइरहेको होटेल सेभेन स्टारमा सभागी प्रतिनिधिहरूलाई भेटेर नेता रावलले आफू अध्यक्षको पदको उम्मेदवार भएको बताएका छन् ।

शुक्रबार राति नेता रावलले कान्तिपुरसित कुरा गर्दै शनिबार उम्मेदवारी दिने बताएका थिए । शनिबार दिउँसो उम्मेदवारी दिनुअघि नै उनले प्रतिनिधिहरूलाई भेट्दै भोट मागिरहेका हन् ।

अध्यक्ष ओलीले भने नेतृत्व चयनको प्रक्रियालाई सर्वसम्मत गराउन भन्दै शुक्रबारको केन्द्रीय कमिटी बैठकमा विधान संशोधन प्रस्ताव गर्दै केन्द्रीय कमिटी, पदाधिकारी र स्थायी कमिटीको संख्या बढाएका थिए । नयाँ प्रस्ताव अनुसार रावलसहित असन्तुष्ट नेताहरूलाई पनि समेटिने अपेक्षा गरिएको थियो ।

रावलले भने शनिबार दिउँसोसम्म आफू अध्यक्ष पदको उम्मेदवारीबाट पछि नहट्नै भन्दैआएका छन् । अध्यक्ष ओलीले वरिष्ठ उपाध्यक्ष बनाउने गरी नेता रावललाई प्रस्ताव गरे पनि उनले अस्वीकार गरेर अध्यक्षमै प्रतिस्पर्धा गर्ने अडान लिएको बुझिएको छ ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।