१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्रचण्डले लगाएका आरोपको जवाफ दिन प्रधानमन्त्रीले मागे १० दिनको समय

सेयर:

प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको राजनीतिक प्रतिवेदनको जवाफ दिन समय मागेका छन्।

शुक्रबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले प्रचण्डको प्रतिवेदनको जवाफ दिन समय मागेपछि बैठक १० दिनका लागि स्थगित भएको हो।

‘प्रचण्डको प्रस्ताव आधारहीन रूपमा ममाथि गम्भीर आरोपसहित आएको छ। त्यसको मैले तयारी गरेर जवाफ दिनुपर्छ,’ प्रधानमन्त्रीको भनाइ उदृत गर्दै स्रोतले भन्यो,’म त्यसको तयारीमा छु। केही समय लाग्छ।’

कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। एकतर्फी रूपमा आएको प्रतिवेदनले पार्टी एकतालाई नै गम्भीर संकटमा पारेको भन्दै प्रधानमन्त्री पक्षधर नेताहरूले प्रतिवेदन फिर्ता लिनु पर्ने बताएका थिए।

प्रचण्डको प्रतिवेदन फिर्ता नहुँदासम्म कुनैपनि बैठक गर्नुको औचित्य नभएको भन्दै प्रधानमन्त्री ओली आजको बैठक सार्ने तयारीमा थिए।

तर सचिवालयका बहुमत सदस्यहरुले प्रधानमन्त्री नआएपनि बैठक राख्ने भनेपछि प्रधानमन्त्री बैठकका लागि तयार भएका हुन्।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।