२१ पुस, मेचीनगर : मेचीनगर नगरपालिका वडा नम्बर ७ आयाबारीमा भर्खरै ९ः२० बजे एक घरमा आगलागी भएको छ । सशस्त्र प्रहरी बल काँकरभिट्टाका बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम राईका अनुसार आगलागी भएको घर तिर्थ पाठकको भएको बुझिएको छ । चित्राले बनेको टिनको छानो भएको घरमा विद्युत सर्ट भएर आगलागी भएको कारण सम्पूर्ण घर जलेर नष्ट भएको छ । आगलागीका कारण २ वटा खाना पकाउने ग्याँस सिलिण्डर पड्किएको थियो ।
पाठकले उक्त घरलाई भडामा लगाएको र घरमा कोही पनि नभएको बेला विद्युत सर्ट भएको कारण आगलागी भएको सशस्त्र प्रहरी निरीक्षक राईले बताउनु भयो । अहिले जनपथ प्रहरी, सशस्त्र प्रहरी, मेचीनगरपालिकाको वारुण यन्त्र र स्थानीयबासी समेतको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास जारी छ । आगलागीका कारण अन्य घर र वस्तीमा क्षती नभएको र आगलागी भएको घरको क्षतीको विवरण भने आउँन बाँकी रहेको छ ।