१ माघ, मेचीनगर : पछिल्लो २४ घण्टामा ३५० जना संक्रमण मुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१२ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ७०३ जनामा संक्रमण देखिएको छ भने ४ हजार १४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९३३ जनामा संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरी जम्मा १४ हजार ५५६ जनाको कोरोना परीक्षण गर्दा ४ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ रहेको छ । त्यस्तै कोरोना संक्रमणबाट आज ४ जनाको ज्यान गएको छ ।
त्यसैगरी देशै भरी हालसम्म पीसीआर विधिबाट परीक्षण गर्दा ८ लाख ४९ हजार २०४ जनामा संक्रमण पुष्टि भएको छ भने भने एन्टिजेन विधिबाट परीक्षण गर्दा १ लाख १ हजार ४१ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै हाल सम्म ८ लाख १६ हजार ३ जना संक्रमित निको भएका छन् । हाल सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६१७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
