१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

८५ जनाको एन्टेजिन परीक्षण गर्दा २६ जनाको परिणाम ‘पोजेटिभ’

सेयर:

४ माघ, मेचीनगर : पूर्वी काँकरभिट्टानाका हुदैं नेपाल प्रवेश गर्नेहरुमा दैनिक एन्टिजेन ‘पोजेटिभ’ को संख्या बढिरहेको छ । मंगलबार ६१ पूरुष र २४ महिला गरी कुल ८५ जनाको एन्टेजिन परीक्षण गरिएको थियो ।

ती मध्ये १७ पुरुष र ९ महिला गरी कुल २६ जनाको परिणाम ‘पोजेटिभ’ आएको ‘काँकरभिट्टा हेल्थ हेल्प डेक्स’ मा कार्यरत स्वास्थ्यकर्मी हरिशरण सापकोटाले जानकारी दिनभुयो । ‘पोजेटिभ’ आएका भारतका विभिन्न राज्यबाट नेपाल प्रवेश गर्नेछन् ।

फाइल तस्वीर

‘पोजेटिभ’ आएकाहरुलाई क्वारेन्टाइनका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाउने वा होम आइसोलेसनमा बस्ने गरी सम्बन्धित स्थानीय पालिकासँग समन्वय गरेर उहाँहरुको घरमा पठाउने गरिएको बताईएको छ । ओमिक्रोनको शंका भए परीक्षणका लागि काठमाण्डौ केन्द्रिय प्रयोगशाला टेकुमा नमूना पठाउने गरिएको छ । भारतलगायत विश्वका विभिन्न मुलुकबाट आउने नेपालीहरुका लागि नाकामै खोप लगाउने एन्टिजेन परीक्षणको व्यवस्था मिलाईएको छ ।

मंगलबार ७० जनाले कोभिड १९ विरुद्घको खोपको सेवा लिइएका छन् । ५४ पुरुष र १६ जना महिलाले भेरोसिल, कोभिसिल र जन्सन एण्ड जन्सन खोप लगाएका थिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।