१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

फोनपेमा जोडिए खल्ती र प्रभुपे, अब फोनपेका मर्चेन्टमा क्यूआरमार्फत सहजै भुक्तानी गर्न सकिने

सेयर:

१४ माघ, काठमाडौं : भुक्तानी प्रणाली सञ्चालक फोनपेको नेटवर्कमा भुक्तानी सेवा प्रदायक खल्ती र प्रभुपे जोडिएका छन् । करिब २ लाख मर्चेन्टमा क्यूआर नेटवर्क रहेको फोनपेमा जोडिएसँगै अब खल्ती र फोनपेका ग्राहकले सहजै क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् ।

हालसम्म प्राप्त जानकारी अनुसार यो विषयमा आज शुक्रबार फोनपे र प्रभुपे बिच सम्झौताको तयारी भएको छ । भने, आउँदो आइतबार अथवा सोमबार फोनपे र खल्तीबिच सम्झौता हुँनेछ । सम्झौताको विषयमा आधिकारिक जानकारी आउन बाँकी नै भएपनि खल्ती र प्रभुपे दुवैको सिस्सटमा फोनपे इन्ट्रिगेट भइसकेको देखिन्छ ।

सम्झौतासँगै खल्ती तथा प्रभुपेका ग्राहकले फोनपेका करिब दुई लाखभन्दा धेरै मर्चेन्टमा क्यूआर मार्फत रकम भुक्तानी गर्न सक्नेछन् ।

पछिल्ला दिनमा फोनपे नेटवर्कमा बैंक तथा वित्तीय संस्थाका साथै विभिन्न भुक्तानी सेवाप्रदायक र भुक्तानी प्रणाली सञ्चालकहरू आवद्ध हुने क्रम बढ्दो छ । यही क्रममा यसअघि भुक्तानी सेवा प्रदायक सेलपे समेत यसमा जोडिएको थियो ।

साभार: टेकपाना

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।