१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

अनलाइनमार्फत जुवा खेल्ने ७४ जना पक्राउ, ६ लाखभन्दा बढी रकम बरामद

सेयर:

१७ माघ, काठमाडौँ : काठमाडौं । बौद्धस्थित एक रेस्टुरेन्टमा अनलाइन जुवा खेल्ने खेलाउने ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बौद्धस्थित प्लटिङनजिकै सञ्चालित रेस्टुरेन्टमा अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

दोलखा स्थायी घर भइ बानेश्वर बस्ने ३० वर्षीय सुभास घिसिङले सञ्चालन गरेको उक्त रेस्टुरेन्टबाट आइतबार साँझ ६६ जना पुरुष र ८ जना महिलालाई नियन्त्रणमा लिइएको छ ।

६ लाख १९ हजार २ सय ५० रुपैयाँ पनि बरामद भएको छ । जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीले जानकारी दिए ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।