११ मंसिर २०८३ ☀️ २०°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

प्रधानमन्त्री ओलीको मोदीलाई सन्देश- सीमा समस्या मिलेर सल्टाऔं

सेयर:

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भारतीय विदेश सचिवसँगको भेटवार्ता। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ भारतीय विदेश सचिवसँगको भेटवार्ता।
प्रधानमन्त्री केपी शर्मा ओलीले सीमालगायत सबै द्विपक्षीय समस्या वार्ताबाटै समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन्।

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन शृंगलासँग बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई उक्त सन्देश पुर्‍याइदिन आग्रह गरेका हुन्।

ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईका अनुसार सचिव श्रृंगलाले दुई देशबीच आपसी सम्बन्धलाई ‘राम्रो’ बनाएर अगाडि लैजान चाहेको सन्देश सुनाएका थिए।

‘सीमा लगायत विवादित विषयमा वार्ताका माध्यमबाट शान्तिपूर्ण रूपले समस्या समाधान गर्नुपर्छ भन्नेमा हामी स्पष्ट छौं,’ उक्त भेटमा प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सल्लाहकार भट्टराईले भने, ‘हाम्राबीच सीमा विवाद एकाएक सिर्जना भएका होइनन्। इतिहासले विरासतमा छाडेका समस्या हुन्। यसलाई थाती राखेर जाँदा झन् समस्या आउन सक्छ, त्यसैले मिलेर समाधान गरौं। यो सन्देश भारतीय प्रधानमन्त्री मोदीलाई लगिदिन म आग्रह गरेका हुन्।
नेपालको उक्त भनाइमा भारतीय सचिव श्रृंगलाको जवाफ के थियो भन्ने प्रश्नमा सल्लाहकार डा. भट्टराईले भने, ‘परराष्ट्र सचिवस्तरीय आजको वार्तामा दुई देशबीच सहकार्य र आपसी सबै विषयमा छलफल भएको भारतीय सचिवले अवगत गराउनुभयो। उहाँले दुई देशबीचको सम्बन्धलाई थप सकारात्मक बनाउँदै परिणाममूलक बनाउन पहल गर्ने विश्वास पनि दिलाउनुभएको छ।’

यसअघि भारतको स्वतन्त्रता दिवसका अवसरमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षी मोदीलाई टेलिफोन गरी शुभकामना दिएका थिए। त्यस क्रममा भारतीय प्रधानमन्त्री मोदीले आफूले नेपालमा विशेष दूत पठाउने बताएका थिए।

प्रधानमन्त्री ओलीले भारतीय विदेश सचिवसँगको भेटमा नेपालको भू-भाग कुनै पनि छिमेकीको हितविरुद्ध प्रयोग हुन नदिनेमा नेपाल स्पष्ट रहेको अवगत गराए। नेपाल तटस्थ रहेर कसैको पनि ‘कार्ड’ का रूपमा प्रयोग नहुने उनले बताए।

भारतले नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई आफ्नो नयाँ राजनीतिक नक्सामा समावेश गरेपछि नेपालले आपत्ति जनाउँदै आफ्नो भूमि समेटेर नयाँ नक्सा जारी गर्नुका साथै त्यसलाई संघीय संसदबाट पारित गरेर संविधानको अनुसूचीमा समावेश गरेको थियो।

त्यसपछि दुई देशबीच औपचारिक वार्ता नभएको स्थितिमा पछिल्ला समय भारतीय पक्षबाट भएका नेपाल भ्रमण र भेटवार्ताले वातावरण सहज हुँदै गएको छ।

गत महिना भारतीय प्रधानमन्त्री मोदीको विशेष दूतका रूपमा गुप्तचर संस्थाका प्रमुख सामन्तकुमार गोयल र भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणेले नेपाल भ्रमण गरेका थिए।

बिहीबारै नेपाल आएका भारतीय विदेश सचिव शृंगलाले दिउँसो परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग शिष्टाचार भेट गरेका थिए भने दुई मुलुकका परराष्ट्र सचिवस्तरीय औपचारिक वार्ताको नेतृत्व गरेका थिए।

उनले बिहीबार साँझ शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरे। उक्त अवसरमा राष्ट्रपति भण्डारीले नेपाल र भारतबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन भारतीय पक्षसँग आग्रह गरेकी छन्

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।