१२ मंसिर २०८३ ☀️ २१°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सात लाख बढी कारोबार गर्नेहरुको सूची तयार पार्दै राष्ट्र बैंक

सेयर:

२० माघ, काठमाडौँ : नेपाल राष्ट्र बैंकले देशभरिका बैंक एवं वित्तीय संस्थाहरुसँग ७ लाखभन्दा बढी कारोबार गर्नेहरुको सूची मागेको छ। नियमित प्रक्रियाअन्तर्गत ७ लाखभन्दा माथि कारोबार भएकाहरुको सूची राष्ट्र बैंकले मागेको सहप्रवक्ता नारायणप्रसाद पोखरेलले बताए।

उनका अनुसार राष्ट्र बैंकले नियमित अनुगमनको क्रममा यस्तो माग भएको हो। ‘राष्ट्र बैंकको यो अधिकार हो। नियमित प्रक्रियाअन्तर्गत हामीले ७ लाख बढीको कारोबार भएकाहरुको सूची मागेका हौं,’ पोखरेलले अन्नपूर्णसँग भने।

पछिल्लो समय नेपालबाट भर्चुअल करेन्सी अर्थात् क्रिप्टो करेन्सी र हाइपर फन्डमार्फत् नेपाली पैसा विदेशिएको भन्दै नेपाल राष्ट्र बैंकले निगरानी बढाएको छ। हाइपर फन्डमा नेपालीहरुको ठूलो समूह सक्रिय रहेको भन्दै राष्ट्र बैंकले मिहीन ढंगले अनुसन्धान प्रक्रिया अगाडि बढाएको हो।

यसअघि नै राष्ट्र बैंकले त्यस्ता फन्डहरुमा लगानी नगर्न सूचना जारी गरिसकेको छ। कसैले त्यस्तो फन्डमा लगानी गरे कानुनी कारबाही गरिनेसमेत जनाएको छ। प्रहरीले पनि केही दिनअघि अनलाइन बेटिङ खेलाउनेहरुको ठूलो समूहलाई नियन्त्रमा लिएको थियो।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।