२३ माघ, मेचीनगर : काँकरभिट्टा बहुमुखी क्याम्पस मेचीनगरले आइतबार क्याम्पस सञ्चालक सदस्यहरु र प्राध्यापक (कर्मचारी) हरुलाई स्वागत तथा बिदाइ एकसाथ गरेको छ ।
क्याम्पस परिसरमा सरस्वती पूजाको अवसरमा प्राध्यापक सघ एकाई समिति र स्वतन्त्र विद्यार्थी यूनियन काँकरभिट्टा बहुमुखी क्याम्पसले आयोजना गरेको विशेष कार्यक्रमको अवसरमा नवनिर्वाचत क्याम्पस सञ्चालक समिति तथा प्राध्यापक (कर्मचारी) हरुलाई स्वागत तथा सम्मान गरेको हो ।
प्राध्यापक संघ एकाई समिति काँकरभिट्टा बहुमुखी क्याम्पसका अध्यक्षता विष्णु गौतमको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पसबाट विदाई भएका प्राध्यापकहरु हरिप्रसाद न्यौपाने र भानुभक्त खनाललाई स–सम्मान बिदाइ गरेको छ । कार्यक्रमका प्रमुख अतिथि मेचीनगर नगरपालिका प्रमुख विमल आचार्य , विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेती, क्याम्पस सञ्चालक समिति अध्यक्ष कमल थापाक्षेत्रीले विदाई हुनुभएका प्राध्यापकहरुलाई दोसल्ला ओडाएर अविर टीका र माला पहिर्याएर सम्मान पत्रसहित विदाई गर्नुभएको थियो ।

यसैगरी, नवनियुक्त प्राध्यापक (कर्मचारी)हरु कल्पना महत, आशिष उप्रेती, चिरञ्जीवि भट्टराई, अनिल विष्ट, सुनिता तिम्सिना, बसन्त राई, वर्षा सुवेदी, युवराज दाहाल, कुमार तिवारी तथा लेखा अधिकृत विष्णु श्रेष्ठ र सुचना तथा सञ्चार अधिकृत सुजन प्रधानलाई स्वागत गरिएको हो ।

प्राध्यापक लम्बोदर पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा सञ्चालक सदस्यहरु ठाकुरप्रसाद शिवाकोटी, कल्पना ओली सिटौला, दलबहादुर गिरी र तुलसीप्रसाद निरौलालाई विदाई गरिएको हो ।

कार्यक्रममा क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष कमल थापा क्षेत्री, त्रिवि प्रतिनिधि नेत्र नेपाल, सञ्चालक सदस्यहरु दुर्गाप्रसाद सापकोटा, भगिरथ भण्डारी, सुशील आचार्य, दिलिपजंग सुब्बा, रचना घिमिरे, हरिप्रसाद तिम्सिना, पनिता ढकाल, मीरा कार्की, ललितबहादुर तामाङ, प्राध्यापक प्रतिनिधि हेमकुमार खड्का, मेची उद्योग बाणिज्य संघ प्रतिनिधि ऋषिराज तिम्सिना, काँकरभिट्टा माध्यमिक विद्यालय प्रतिनिधि प्रधानध्यापक हरिप्रसाद न्यौपाने र सदस्य सचिव क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीलाई अविर टीकासहित स्वागत तथा सम्मान गरिएको हो ।

कार्यक्रमा प्रमुख अतिथिले आफ्नो विचार राख्दैं क्याम्पसले स्थापना गरेको अक्षय कोषका लागि आफूले यस अघि नै घोषणा गर्नुभएको रकम रु.५ लाख रुपैयाँको चेक क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापा क्षेत्रीलाई हस्तान्तरण गर्नुभयो । विशिष्ट अतिथि उपप्रमुख मीना पोखरेल उप्रेती, सञ्चालक दुर्गाप्रसाद सापकोटा, स्ववियू सभापति सुरज सुवेदी र विदाईहुनेहरुकातर्फबाट क्याम्पस सञ्चालक समितिका निवर्तमान सञ्चालक सदस्य ठाकुरप्रसाद शिवाकोटीलगायले बोल्नुभएको थियो । क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले शब्दद्वारा स्वागत गर्नुभएको थियो ।
फोटो फिचर :

















