१३ मंसिर २०८३ ☀️ २६°C मेचीनगर
🥇 सुन: रु. २,४६,१०० | 🥈 चाँदी: रु. ३,१९५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

भद्रपुरमा जेष्ठ नागरिक स्वास्थ्य सेवा केन्द्र सञ्चालन

सेयर:

२८ माघ, झापा : प्रदेश नं १ कै पहिलो बालमैत्री स्थानीय तह झपाको भद्रपुर नगरपालिकाले आदेखि जेष्ठ नागरिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।
नगरका जेष्ठ नागरिकलाई सहज र सुलभ ढंगले स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले भद्रपुरको वार्ड नं ६ मा स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको स्वास्थ्य शाखा प्रमुख शान्तिराम भट्टराईले जानकारी दिनु भयो ।
आज एक संक्षिप्त कार्यक्रमका बीच नगरप्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रा श्रेष्ठ तथा वडा नं ६ का वडाध्यक्ष प्रेमबहादुर बरुवालले संयुक्त रुपमा सो स्वास्थ्य सेवा केन्द्रको उद्घाटन गर्नुभएको छ ।
दैनिक आलोपालो विशेषज्ञ चिकित्सक, स्टाफ नर्ससमेतको सेवा रहने बताइएको सो जेष्ठ नागरिक स्वास्थ्य केन्द्रको भवन अघिल्लो वर्ष नै निर्माण सम्पन्न भएको थियो । स्वास्थ्य केन्द्रबाट सामान्य चेकजाँच र औषधि निःश्ल्क रुपमा उपलब्ध हुने स्वास्थ्य शाखा फोकल पर्सन मनोज भट्टराईले जानकारी दिनु भयो ।

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।