११ मंसिर २०८३ ☀️ १९°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

सन्दर्भ प्रणय दिवस : माया…..

सेयर:

नझरोस पात भुईँभरी हुरी चलेर…
नकटोस रात रोइरोइ आँसु झरेर …

छेउमा साथीले सुत्ने बेलामा यो गीत गुनगुनाइ रहदा मेरो मनमा एक तमासको तुफान आइरहेको थियो भन्ने कुरा उसले के महशुस गर्थ्यो र ? राती धेरैबेर सम्म आँखामा तिम्रो तस्वीरहरु सलबलाउन थाल्यो । अन्यासै आँखाबाट तप्किएका थोपाहरुमा तिम्रो तस्वीर धमिलो भयो । किन किन तिमीसँग विताएका अनमोल क्षणहरु एकपछि अर्को गर्दै अतीतका पानाहरु पल्टदै गए । भनिन्छ अतीतले मान्छेलाई वर्तमानमा बाँच्न सिकाउँछ । म पनि केहीक्षण अतीतका अमूल्य क्षणहरुसँग हराउन पुगेँ । ओल्टेकोल्टे फेर्दैगर्दा रात तन्किरहेको थियो । साथीको अर्को गीतले मेरो मन मस्तिष्कलाई तानिरहयो…. ।

तिमी मसँग भैदिए जे सुकै आँट्न सक्छु म ….
हेरेर तिमीलाई नै जिन्दगी काट्न सक्छु म……

यस्तो लाग्दै थियो कि ती गीतका प्रत्येक शब्दहरु मैले भनीरहेको छु । गीत संगीत सुन्दा पनि यस्तो लाग्छ कि तिनीहरुले मलाई नै गिज्याइरहेका छन् । म पल पल तिम्रा यादहरुमा डुबिरहे । के मायाले मान्छेलाई अस्थिर बनाउँछ ? वा मायाले मान्छेलाई संगठित बनाउँछ ? साँचो मायाले त जीवनलाई स्थिर र सुसंगठित बनाउँछ हैन र ? मायाले किन मेरो जीवनलाई परछायाको तवरले पछ्याइरहन्छ ? किन तिमी मेरो मन मस्तिष्कको गहिराइमा छाइरहन्छौं ? तिमीबाट टाढाभएर बस्न त झन सिसा माथि हिड्नु सरह भएको छ । साथी अर्को गीतसँगै बगिरहेको थियो ….।

म कहिले हाँसेको थे तिमीबाट टाढा हुँदा….
किन त्यसै गाली गर्छौ बाध्यताा टाढा हुँदा…

दूर सहरको कुनै कुइनोटाहरुमा आफ्नो भविष्य खोजीरहेको यो तिम्रो साथी सँधै तिम्रो सामिप्यताबाट टाढा हुन पुग्छ, चाहनाको परिधि छिचोलेर । भाग्यको खेल भनौ कि नियतिको खेल भनौं मनका जिजीविषाहरुलाई भौगोलिक दुरीसँग सझौंता गरेर केवल एउटै सपनामा रमिरहेको छु । मायाले जीवनलाई बाँच्न प्रेरित गर्छ होला र नै जीवनको वास्तविकताबाट पलायन भएकाहरु पनि एउटा अनौंठो र अपरिभाषित भरोसामा समर्पित हुन पुग्छन् । मनको बाटो भएर नै मनभित्र छिर्न सकिन्छ होला र नै आत्मियताको गोरेटो हिड्नु पर्छ । मनको असंख्य कोठाचोटाहरुमा एउटा सानो ठाउँ पाउनको लागि कति सम्म गर्नुपर्छ त्यो त मन नपाएकाहरुलाई थाहाहोला ? कसैले दिएको सानो विश्वास कसैलाई बाँच्नको लागि प्रेरणाको स्रोत बन्दो रहेछ । लाग्छ साथीले पनि आज छानीछानी मेरै लागि गुनगुनाइ रहेछ ….।

जनम् जनम् जिउँला सँगै भाकेर वरपिपलु….
यो तन दिएँ, यो मन दिएँ तिमीलाई ए मायालु…..

घृणा, तिरस्कार अनि बहिष्कारका ज्वारभाटाहरुलाई निभाउने एउटा मात्र अचुक औंषधी छ यो संसारमा जसलाई हामीले माया भनेर नामाकरण गरेका छौं । चाहे थोरै होस वा धेरै कसैको मस्तिष्कमा तनाव छ जसलाई सरल अवतरण गराउने एउटा राम्रो चिज केही छ त्यो पनि माया नै होला जस्तो लाग्छ । त्यसैले त होला मेरो मनभित्र ढुकढुकी बनेर रहेकी छौ तिमी । तिम्रो माया नहुँदो हो त मलाई जीवन भोगाइको वास्तविकता बुझ्न गाह्रो हुन्थ्यो होला । आज मसँग भएको र संगाल्न सक्ने एउटै चिज छ त त्यो तिम्रो माया विश्वास अनि समपर्ण हो । अचानक साथीले गुनगुनाएको अर्को सुमधुर गीतले मेरो मन मस्तिष्कको बेलगाम उडान बन्द हुन्छ । साथी गाउदै थियो …..

हजार जुनी सम्म खोजीबसे तिमीलाई ….
माया मेरो युगयुग सम्म तिमीलाई दिए तिमीलाई…

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

दुर्गाबहादुर लुइटेल

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।