१२ मंसिर २०८३ ☀️ १८°C मेचीनगर
🥇 सुन: रु. २,४२,८०० | 🥈 चाँदी: रु. ३,०७५ | 💵 डलर: रु. १३४.५०
🔤 प्रिती ⇄ युनिकोड
Header Leaderboard Banner (1200 × 120 px / 728 × 90 px Desktop / 320 × 100 px Mobile)
🚨 ताजा अपडेट:

गठबन्धन टुटे बिचराहरू धुलोपिठो हुन्छन् : ओली

सेयर:

१३ फागुन, पोखरा : एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन टुटेमा सबै धुलोपिठो हुने भएकाले गबठन्धन नटुट्ने बताएका छन । ‘गठबन्धन टुट्न पनि हुँदैन’ उनले भने, ‘टुटिहालेमा बिचराहरू धुलोपिठो हुन्छन् ।’

शुक्रबार पोखरामा आयोजित पार्टी अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा ओलीले यस्तो बताएका हुन् । यस क्रममा उनले सरकारमा बस्नेहरूले सडकमा आफूलाई ढुंगा हान्न लगाएको पनि दाबी गरे ।

‘एमसीसी ल्याइपाउँ भनेर निवेदन दिने झलनाथ खनाल, तत्काल पारित गरौं भन्ने बाबुराम भट्टराई र कांग्रेसलाई ढुंगा नहान्ने तर आफूमाथि भने प्रहार हुने’ भन्दै उनले प्रश्न गरेका थिए, ‘संसदमा एमसीसी टेबुल गर्ने सभामुखलाई पनि ढुंगा नहानी ताली बजाउँछन् । यो के भइरहेको छ भन्ने हामीलाई थाहा छैन र ?’

यस क्रममा उनले पुतली र मान्छेको कथा हाल्दै उनले पुष्पकमल दाहाललाई पुतली कि मान्छे भनेर छुट्टाउन नसकिएको बताए । जसलाई जतिबेला चाहियो त्यतिबेला फोरेर काम चलाउने जस्तो एमाले पैसा जम्मा गर्ने खुत्रुके नभएको उनले बताए । उनले नेता कार्यकर्तालाई आगामी स्थानीय तहको निर्वाचनमा लाग्न निर्देशन पनि दिएका थिए ।

इकान्तिपुरबाट

Article Bottom Banner (800 × 120 px / 728 × 90 px Desktop / 300 × 250 px Mobile)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मेरो मेचीनगर डेस्क

मेरो न्यूज संवाददाता तथा सम्पादकीय लेखक। निष्पक्ष समाचार तथा खोज पत्रकारितामा समर्पित।

✍️ प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक क्षेत्रहरू * ले चिन्ह लगाइएको छ।